नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि | Khabarhub Khabarhub

नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ । एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए। 

‘निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ । त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ’, पोखरेलले भने। 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ७ : ३८ बजे

कांग्रेसलाई थाहै नदिई ‘कुलिङ पिरियड’ हटाउन एमालेको चलखेल

काठमाडौं– कुनै समान उद्देश्य र कारणले केही व्यक्ति वा समूह

फ्रान्सेली विदेशमन्त्री किएभमा

एजेन्सी – फ्रान्सका विदेशमन्त्री जाँ–नोएल ब्यारो रूस विरुद्धको लडाइँमा युक्रेनलाई

चरन क्षेत्र अभावले संकटमा चौँरीपालन व्यवसाय

दोलखा– जिल्लाको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ

स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद पौडेलले नेताहरूको पावर लगाएर