काठमाडौं – काभ्रेपलान्चोकको भ्याकुरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
निरन्तरको अविरल वर्षापछि शनिबार दिउँसो आएको बाढीले बगाएर रोशी गाउँपालिका–११ भिमखोरीकी ६५ वर्षीय जालमाया रुचाल मगर र ५ वर्षकी सेतिमाया रुचाल मगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
काभ्रेपलान्चोकका विभिन्न खाेलामा शनिबार बाढी आउँदा जनधनकाे क्षति पुर्याएकाे छ । आसपासका नागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया