नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह « Khabarhub

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा आज राति भारी वर्षा हुने सम्भावना देखिएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सार्वजनिक सूचना जारी गर्दै कैलाली र कञ्चनपुरमा नदी किनारा र तटीय क्षेत्रका जिल्लावासीलाई सतर्क रहन आग्रह गरे ।

केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले भारी वर्षा हुने जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिएपछि स्थानीय तहलाई सतर्क रहन भनिएको हो । जिल्लाका नौ स्थानीय तहले सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि सचेत पार्न कर्मचारी परिचालन गरेका छन्

बाढी प्रभावित क्षेत्रमा उद्धार गर्न र पूर्वसूचना प्रदान गर्न नगर प्रहरी र विपद् शाखाका कर्मचारीलाई तयारी अवस्थामा राखिएको शुक्लाफाँटा नगरपालिकाको विपद् शाखाका धिरज ऐरले बताए । माथिल्लो तटीय क्षेत्रका ‘रेनरेग रिडर’लाई पनि तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : १० बजे

शनिबार कांग्रेस महाधिवेशन तालिका पारित होला ?

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

गण्डकी – राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका

लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली

गोरखा– प्रशारण लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

काठमाडौं – नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ

महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछः महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले ११औँ