आर्थिक

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

August 06, 2024

काठमाडौं – आज २०८१ साल साउन २२ गते मंगलबार सन् २०२४ अगष्ट ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

मंगलबार अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?