काठमाडौंसहितका विभिन्न नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह « Khabarhub

काठमाडौंसहितका विभिन्न नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्‍चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने नदीहरूमा पानीको बहाव बढेको छ ।

त्यस्तै महाशाखाले काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीका सहायक नदीहरू, तिनाउ, वाणगङ्गा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ३६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल