मेहनती नवराज- विदेशमा हात गुमाए, स्वदेश फर्केर उद्यमी बने « Khabarhub

मेहनती नवराज- विदेशमा हात गुमाए, स्वदेश फर्केर उद्यमी बने



विराटनगर– मोरङ्ग मिक्लाजुङ–८, मावा तोरीबारीका नवराज श्रेष्ठ सुन्दर सपना बोकेर विदेशिए । रोजगारीका लागि गन्तव्य मुलुक मलेसिया हानिएका नवराजले धन कमाउने सपना त पूरा गर्न सकेनन् नै ! भएको हात पनि गुमाएर फर्किनुपर्‍यो ।

सन्‌ २००९मा मलेसिया गएका ३६ वर्षीय नवराज फर्निचर कम्पनीमा काम गर्ने क्रममा दुर्घटना परे । काम गर्ने क्रममा मेसिनको तार चुँडिएर दाहिने हात गुम्यो ।

हात गुमेपछि पनि केही वर्ष वर्ष त्यही कम्पनीमा काम गरे । त्यसपछि सन् २०१४ मा उनी स्वदेश फर्किए । स्वदेश फर्किएपछि केही सयम उनी बेरोजगार बने । गाउँमै केही गर्ने हुटहुटी भयो । उनले तीन वर्षअघि भाइको सहयोगमा व्यवसायिक तरकारी खेती थाले ।

नवराजले तरकारी खेतीसँगै पशुपालन पनि गरिरहेका छन् । मलेसियामा हात गुमाउँदाको पीडा लिएर स्वदेश फर्किएका नवराज यतिबेला आफनै गाउँमा कृषि कर्ममा रमाइ रहेका छन् । कृषि र पशुपालनमा लगाव र परिश्रमका कारण अहिले नवराजलाई नाम र दाम दुबै मिलेको छ ।

नवराज भन्छन, ‘ठूलो सपना बोकेर विदेश गएँ, हात समेत गुमाउनुपर्‍यो, अहिले कृषिमा लागेर आत्मसन्तुष्टिसँगै मनग्गे आम्दानी गरिरहेको छु ’
उनले अहिले १० कट्ठा क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । गोठमा उन्नत जातका पाँचवटा गाई र बाख्रा छन् । उनको बारीभरि बेमौसमी बोडी, फर्सीको मुन्टा, टमाटर र काँक्रालगायत फलेका छन् ।

विदेशको जस्तो श्रम नेपालमै गर्ने हो भने मनग्ये आम्दानी गर्ने सकिने नवराजको अनुभव छ । तरकारीमा १ लाख ५० हजार रुपैयाँसम्म लगानी गर्दा ४ देखि ५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको नवराज बताउँछन् ।

‘एक वर्षमा करिब ७ लाख रुपैयाँको त दूधमात्रै बिक्री गरेँ, तरकारी बिक्रीबाट उत्तिकै आम्दानी लिएँ,’ उनले भने, ‘विदेशको दुःख भन्दा यो कमाइ दोब्बर छ ।’

अपाङ्गता भएपनि नवराजको कृषि कर्ममा देखिएको लगाव र परिश्रमका कारण स्थानीय सरकारले अनुदान सहयोग समेत गर्दै आएको छ । त्यसपछिका दिनमा उनलाई कृषि कर्ममा लाग्न थप हौसला मिलेको नवराज बताउँछन् ।

कृषि तथा पशुपालनमा लगानी गरे विदेश जानै नपर्ने नवराज सुनाउँछन् । कर्म गरे नेपालमै कमाउन सकिने अनुभव श्रेष्ठसँग छ । उनी आफ्नो फर्म अझै विस्तार गर्ने तयारीमा छन् । तर, उत्पादित तरकारीले उचित मुल्य नपाउँदा भने हैरानी खेप्नुपरेको उनी बताउँछन् ।

‘बिचौलियाका कारण कृषिक र पशुपालक किसान तथा उपभोक्ता मर्कामा परेका छन,’ उनले भने, ‘सरकारले बिचौलियाको अन्त्य गरी देशका युवालाई देशमै रोजगारी र उत्पादित बस्तुको उचित बजार प्रवर्द्धन गर्नुपर्छ  ।’

उनले आफनो कृषि फार्ममा हालसम्म २० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । कृषि र पशुपालनामा लगानी गरे विदेश जानै नपर्ने उनी सुनाउँछन् । उनी फर्मलाई अझै विस्तार गर्ने तयारीमा छन् ।

मिक्लाजुङ्ग गाउँपालिकाले नगरभित्रका पशुपालन फार्ममा गोठ सुधार र तरकारी खेतीका लागि निःशुल्क तालिम र बीउ अनुदान दिने गरेको छ ।

मिक्लाजुङ्ग–८ वडाध्यक्ष प्रवेश कुँवरले विदेश भएर हात गुमाएका नवराजले कृषिमा गरेको प्रयास र मेहनतले उनी सफल कृषक बनेको बताए ।

‘अपाङ्गता भएपनि कृषि कर्मप्रतिको उनको लगाव र परिश्रमका कारण यही क्षेत्रमा उनले भविष्य खोज्दैछन् भनेर बुझन गाह्रो छैन,’ कुवँर भन्छन्, ‘कृषिमा पनि अथक मेहनत र परिश्रम गरे परिवारका साथ बसे पनि विदेश भन्दा राम्रो आम्दानी लिन सकिने उदाहरणका पात्र यतिखेर नवराज बनेका छन् ।’

नवराजलाई सहयोग गर्न स्थानीय सरकार सधैँ तयार रहेको वडाअध्यक्ष कुँवर बताउँछन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : ०० बजे

अर्थमन्त्रीले भने- तलब वृद्धि २१ प्रतिशत नै हो

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब वृद्धि २१

काठमाडौंबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौं– काठमाडौंबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी

टर्कीमा पर्यटक बस दुर्घटना : ८ जनाको मृत्यु, ३३ घाइते

इस्तानबुल– पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौं– अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट