सिमलताल बस दुर्घटना : अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन « Khabarhub

सिमलताल बस दुर्घटना : अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । 

मंगलबार सिंहदरबारमा गत असार २८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बस सहित यात्रु त्रिशुलीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको छ । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको कार्यदल संयोजक रिजालले बताए ।

त्यस्तै दुर्घटनास्थल भन्दा माथिल्लो भेगमा ग्रामीण सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको समेत देखिएको उनले जानकारी दिए ।

अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको रिजालले उल्लेख गरे । उनले सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बिमा वापतको रकम दिन ढिलाई गर्न नहुनेमा जोड दिए ।

अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अझै पनि दुर्घटनामा परेका अधिकांश फेला नपर्नु दुखद भएको भन्दै आगामी दिनमा दुर्घटना न्यूनिकरण गर्न सरकारले आवश्यक नीति बनाउने बताए । उनले कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए ।

दुई वटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परिसकेको छ जसमध्ये १९ जनाको मात्रै सनाखत भएको छ । दुर्घटनामा अझै कम्तिमा ३८ यात्रु बेपत्ता छन् । 

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : ५७ बजे

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १