बंगलादेश : प्रदर्शनकारीले अवामी लीगका नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु | Khabarhub Khabarhub

बंगलादेश : प्रदर्शनकारीले अवामी लीगका नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.3k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका नेताको एक होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा पनि २४ जना मारिएका छन् ।

समाचारअनुसार यस होटलमा सोमबारआगो लगाइएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लीगका एकजना जिल्ला नेताको रहेको बीबीसीले जनाएको छ।

बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’ का अनुसार उद्धार दलका सदस्यहरूलाई यस होटलमा लागेको आगो निभाउन १२ घण्टासम्म लागेको थियो ।

पत्रिकाको रिपोर्टअनुसार प्रदर्शनकारीले अग्निनियन्त्रकलाई कयौँ समयसम्म होटलमा पुग्न दिएनन् । जसका कारण उद्धारमा ढिलाइ हुँदा यतिका संख्यामा हताहती भएको हो ।

यो होटल बंगलादेशको दक्षिण-पश्चिममा रहेको शहर जसोरमा छ । यस होटलका मालिक शाहीन चक्लदार हुन् । उनी जसोर जिल्लामा अवामी लीग पार्टीका महासचिव छन् ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना १९८० को दशकदेखि नै अवामी लीग पार्टीकी प्रमुख रहेकी छन् ।

सोमबार विद्यार्थीको प्रदर्शनलाई थेग्न नसकेपछि शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिइन् । उनी बंगलादेशबाट भागेर अहिले भारतमा बसेकी छन् ।

त्यसपछि विद्यार्थी र आमजनतालाई शान्ति कायम गर्न सरकारले अपील गरेको थियो । तर बंगलादेशका अलग-अलग इलाकाबाट हिंसा, लुट र आगजनीको समाचार आइरहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : २७ बजे

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती