टीआरसीसम्बन्धी प्रतिवेदन बुधबार प्रधानमन्त्रीसहित तीन नेतालाई बुझाइने « Khabarhub

टीआरसीसम्बन्धी प्रतिवेदन बुधबार प्रधानमन्त्रीसहित तीन नेतालाई बुझाइने


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे तयार पारिएको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी ओलीसहित तीन नेतालाई बुझाइने भएको छ।

उक्त प्रतिवेदन ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यादलले बुझाउने भएको छ ।

सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन हिंसाका घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् । उक्त सहमतिसहितको प्रतिवेदन बुझाउन लागिएको कार्यदल सदस्य तथा एमालेका प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।

गत असार ११ गते नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला सम्मिलित कार्यदलले द्वन्द्वकालका घटना विवादको उपायको टुंगो लगाएको थियो ।

त्यसपछाडि उक्त प्रतिवेदन तयार पारेर शनिबार नै कार्यदलले विभिन्न विषयमा छलफल गरिसकेको छ। उक्त छलफलपछि भोलि तीन शीर्ष नेतालाई प्रतिवेदन बुझाउन लागेको बर्तौलाले बताएका छन् ।

प्रतिनिधिसभामा विचाराधीन सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकमा सहमित जुटेसँगै अब संसद्‍को चालु अधिवेशनबाटै यो विधेयक पारित हुने माओवादी केन्द्रका उपमहासचिव शर्माको भनाइ छ।

कार्यदलका तीन सदस्यले प्रतिवेदन बुझाएपछि अध्ययन गर्ने र छलफल गर्नुपर्ने विषयमा तीन नेताहरूबीच छलफल गरेर टुङ्गो लाग्ने बर्तौलाको दाबी छ।

‘हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरू र नजीरहरूको ख्यिाल गरेर तीनजनाले प्रतिवेदन तयार पारेका छौँ। यसमा विभिन्न सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीरतापूर्वक छलफल गरिएको छ’, उनले भने, ‘त्यसपछाडि उहाँहरूले अध्ययन गरेर सहमति गर्नुहुन्छ । चित्त नबुझेका बुँदामा पुन: लफल भएपछि हामी प्रतिवेदन अन्य शीर्ष नेताहरूलाई पनि बुझाउन सक्ने अवस्थामा छौँ।’

उनले ती नेताहरूले पास गरेपछि मात्रै अन्य नेतालाई प्रतिवेदन बुझाउने बताए । त्यसपछि प्रतिवेदन प्रतिनिधि सभामा पेश हुने उनले जानकारी दिए ।

बर्तौलाले लगभग सबै विषयमा टुङ्गो लागिसकेको बताउ । एक पटक सबैबाट राय र सुझाव लिन प्रतिवेदन बाँडिने उनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ३८ बजे

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै

स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ