आजको मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

आजको मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली भइ धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका हुन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने उनले जानकारी दिए। यस्तै देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : ५६ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।