आजको मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली भइ धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका हुन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने उनले जानकारी दिए। यस्तै देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : ५६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको