श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध « Khabarhub

श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले श्रीलंकाका लागि भारतका उच्चायुक्त सन्तोस झासँग भेटवार्ता गरेका छन् ।

केही समयअघि श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित दिसानायकेलाई बधाइ दिनका लागि उच्चायुक्त झाले भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई मुलुकबीच कायम गहिरो मित्रतालाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको श्रीलंकास्थित भारतीय उच्च आयोगले जनाएको छ ।

भेटवार्तामा उच्चायुक्त झाले श्रीलंकाको डिजिटलाइजेसन प्रक्रियामा सहयोग गर्न भारत तयार रहेको जनाएका थिए ।

श्रीलंकाको विकासमा भारतको सहयोग निरन्तर रहने पनि झाले उल्लेख गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनले भारतको चाहना उन्नत र विकसित श्रीलंका रहेको समेत उल्लेख गरेका छन् । त्यसअघि उच्चायुक्त झाले श्रीलंकाली प्रधानमन्त्री हरिनी अमरासूर्यसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ११ : ५१ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर