अन्तर्राष्ट्रिय

आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध

By खबरहब

October 06, 2024

काठमाडौं– भारतका लागि इजरायली राजदूतावासका प्रवक्ता गाय निरले आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध रहेको जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा इजरायली राजदूतावासका प्रवक्ता निरले आतंकवादको निन्दा गर्न दुबै मुलुक एकै ठाउँमा उभिएको समेत उल्लेख गरे ।

उनले भारत विश्वकै सबैभन्दा शान्तिपूर्ण मुलुकको सूचीमा रहेको उल्लेख गरे । उनले सबै किसिमका आतंककवादी गतिविधि रोकिनुपर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आतंककारी गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध रहेको समेत बताए ।

इरानले इजरायलको आलोचना गर्नु आफैँमा हास्यास्पद विषय भएको समेत टिप्पणी गरे ।

आतंककारी मुलुकका हिसाबमा हजारौँ निर्दोष मानिसको हत्यामा इरानको हात रहेको उनको भनाइ छ ।

उनले हमासको नियन्त्रणमा रहेका बन्दीहरु रिहा नहुन्जेलसम्म आफ्नो मुलुकले गाजा क्षेत्रमा सैन्य कारवाहीलाई निरन्तरता दिइरहने दृढता समेत प्रकट गरे ।