सुकुम्बासी बस्तीमा एमालेको राहत, कार्यकर्ताले उठाए बाढीको फोहोर « Khabarhub

सुकुम्बासी बस्तीमा एमालेको राहत, कार्यकर्ताले उठाए बाढीको फोहोर


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटीले गत साता आएको बाढी प्रभावित ललितपुरका स्थानीयलाई राहत वितरण गरेको छ ।

ललितपुर महानगरपालिका–२५ नख्खु किनारका भूमिहीन तथा सुकुम्बासी बस्तीका ३० परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, एक प्याकेट नुन, एक लिटर तेल र एक प्याकेट चिउरा वितरण गरिएको हो ।

‘साथीहरू तथा पार्टीको शुभेच्छुकबाट संकलन गरेर पीडितको घाउमा मल्हम लगाउने प्रयास गरेका छौँ, यो ठूलै राहत होइन । तर तत्काल गाँससमेत नरहेको अवस्थामा पीडितलाई बाँच्न सहयोग मिल्छ’, जिल्ला कमिटीका उपाध्यक्ष सुदर्शन सिवाकोटीले भने ।

नेकपा एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्ज फेरिएसँगै जिल्ला कमिटी पनि सक्रिय भएका छन् ।

राहत वितरण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपाल केन्द्रीय सदस्य तथा युवा–विद्यार्थी जिल्ला कमिटी इन्चार्ज रमेश पौडेल, उपत्यका विशेष कमिटीका अध्यक्ष प्रेम पराजुली, नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषात्तम आचार्य, ललितपुर महानगर–२५ का वडाअध्यक्ष दौलत कुमार खत्री लगायत उपस्थित थिए ।

यसैबीच उक्त ठाँउमा तीन दिनदेखि युवा–विद्यार्थी विशेष जिल्ला कमिटिले बाढी प्रभावितको बस्तीमा सरसफाई तथा भग्नावशेष हटाउने काम गरेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : २४ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल