खेलकुद

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

By खबरहब

October 06, 2024

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई सुदूरपश्चिम रोयल्सले किनेको छ ।

सुदूरपश्चिमले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा भण्डारीलाई लक्की ड्र मार्फत विराटनगरसँग प्रतिष्पर्धा गरेर पाएको हो । भण्डारीका लागि सुदूरपश्चिमले १० लाख खर्च गरेको छ । भण्डारीको न्युनतम मुल्य १० लाख नै रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अक्सनमा राष्ट्रिय टिमका मिडल अडर ब्याट्सम्यान आरिफ सेखलाई १५ लाख र टी२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरालाई १२ लाखमा किनेको छ ।