मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : बेनीमा सात जना सडकापेक्षीको उद्धार « Khabarhub

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : बेनीमा सात जना सडकापेक्षीको उद्धार


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्धार गरेको छ । 

गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेको गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली मङगलबार बेनीमा आएको थियो । 

टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेका सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए। टोलीलाई बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले स्वागत गरेका थिए । 

झापाको मेची पुलबाट शुरु भएको अभियान मार्फत बेनीका सात सहित एक सय ६९ जना सडकआश्रित मानवको उद्धार भएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए। सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । 

मानवसेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।

उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने संकल्प गरेको छ ।  

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ४ : ०६ बजे

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त