कोशीका दर्जन सहकारीद्वारा बचतकर्ताको एक अर्बभन्दा बढी अपचलन « Khabarhub

कोशीका दर्जन सहकारीद्वारा बचतकर्ताको एक अर्बभन्दा बढी अपचलन


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशका एक दर्जन बढी सहकारीहरूले बचतकर्ताको एक अर्बभन्दा बढी रकम अपचलन गरेका छन् ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेशको नियमन क्षेत्रभित्रका ९ वटा सहकारीले ८८ करोड ६० लाख रूपैयाँ अपचलन गरेका छन् । अन्य केही सहकारीको अपचलनबारे अहिले पनि अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीकाअनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्रका सहकारीहरूमा अपचलनबारे उजुरी आएपछि अनुसन्धानपछि मुद्दा दर्ता र मिलापत्र गर्ने काम भइरहेको छ ।

उनकाअनुसार अहिलेसम्म रजिष्ट्रार कार्यालयले अनुसन्धान गरेर ३ वटा सहकारीविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । अन्य ६ वटा सहकारीको अनुसन्धान टुंगिएको छ । बाँकी एउटा सहकारीको मिलापत्र भइसकेको छ।

रजिष्ट्रार खत्रीकाअनुसार इलामको सानीमाई चिया सहकारीमा ४२ लाख, पाँचथरको दोरम्भा कृषि बजार व्यवस्थापन सहकारीमा २ करोड र ओखलढुंगाको ककनी गैरीवन कृषि सहकारीमा ३ करोड बराबरको बचत अपचलन भएबारे अदालतमा मुद्दा चलिरहेको छ ।

रजिष्ट्रार कार्यालयमा परेका उजुरीका आधारमा अनुसन्धान गर्दा सुनसरीको निर्धन उत्थान बचत तथा ऋण सहकारीमा ५ करोड, इटहरीको अम्बेकोशी बचत तथा ऋण सहकारीमा ६१ करोड र विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीमा ८ करोड बचतकर्ताको बचत अपचलन भएको देखिएको उनले बताएका छन् ।

त्यस्तै, झापाका ३ वटा सहकारीमा बचतकर्ताको बचत अपचलन भएको अनुसन्धानले देखाएको रजिष्ट्रार खत्रीले बताए ।

उनका अनुसार झापाको जयपुर बहुउद्देश्यीय बुद्धशान्ति सहकारीमा ५ करोड, शुभ साइत बहुदेश्यीय सहकारीमा ४ करोड र प्रथम पाइला बहुउदेश्यीय सहकारीमा ६० लाख रूपैयाँ बराबरको बचत अपचलन भएको छ ।

१८ करोड बचत अपचलन भएको विषयलाई लिएर अदालतमा मुद्दा परेको खोटाङ दिक्तेलको लालुपाते बहुउद्देश्यीय सहकारीको मुद्दालाई रजिष्ट्रार कार्यालयको समन्वयमा १३ करोड १८ करोड फरफारक गरेर मिलापत्र गरिएको पनि उनले बताए ।

खत्रीकाअनुसार कोशी प्रदेश सरकारको नियामकीय क्षेत्रभित्र १०८३ वटा सहकारी दर्ता भएर सञ्चालन भएको उनले बताएका छन् । जसमध्ये केही सहकारीहरूमा समस्या भएको विषयमा उजुरी आउने गरिरहेको छ ।

मोरङको उनगौरी कृषि सहकारी, विराटनगरको सुपर फाइन बचत तथा ऋण सहकारी र उदयपुरको अनुग्रह बचत तथा ऋण सहकारीमा बचत अपचलन भएको विषयमा बचतकर्ताहरूले रजिष्ट्रार कार्यालयमा उजुरी गरेका छन् । ती सहकारीमाथि अनुसन्धान भइरहेको र टुंगोमा पुगिनसकेको रजिष्ट्रार खत्रीले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ४ : ४९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी