मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु « Khabarhub

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्र ०२–०२१प ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–६ भोलाछें घर भई हाल भक्तपुर कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानाङ्गको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

दुर्घटनालगत्तै मोटरसाइकलसहित फरार चालक रामेछाप सुनापाती गाउँपालिका–५ घरभई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २६ वर्षीय दिपक मानन्धरलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको हिरासतमा राखेर अनुसन्धानसहित थप कार्य अगाडि बढाइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : ०० बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका