विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति « Khabarhub

विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् ।

विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने विश्वास छ । परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन् ।

खासगरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा महोत्सवका रूपमा साताव्यापी यो पर्व मनाइन्छ । यो महोत्सव राम–सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’ बाट सुरु भई ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयंवर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ गरी सम्पन्न हुन्छ । यस अवसरमा सीता र रामको विशेष पूजा अर्चना गर्दा परिवार, समाज र देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

‘विवाह पञ्चमीलाई समाजमा सत्यको आदर्शहरूलाई प्रोत्साहित गर्ने अवसरका रूपमा लिन सक्नु पर्दछ, यसले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस्’, उपराष्ट्रपति यादवले भनेका छन् ।

विवाह पञ्चमीका अवसरमा आयोजना गरिने लोकनृत्य, लोकसङ्गीत र लोकगीत गायन, लोक झाँकी एवं परम्परागत शोभायात्राले हाम्रो मौलिक संस्कृतिलाई जीवन्त बनाइराख्न सहयोग पुग्ने उपराष्ट्रपति यादवको भनाइ छ। विवाह पञ्चमीका अवसरमा रामायणको कक्षाका माध्यमबाट नैतिक शिक्षा र जीवन मूल्यहरूलाई जन–जनसम्म पुर्‍याउने महत्त्वपूर्ण कार्य हुन्छ ।

‘त्रेतायुगमा भएको भनिएको राम–सीताको विवाहको झझल्को दिनेगरी सम्झनास्वरुप जनकपुरधाममा प्रतीकात्मक राम–सीताको विवाह गराउने परम्परा छ, त्यसका लागि भारतको अयोध्याबाट सन्त महन्थहरूसहितको श्रद्धालु भक्तजनहरूको जन्ती जनकपुरधाम पुग्ने पौराणिक रीतिरिवाजले नेपाल र भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउने विश्वास लिएको छु’, उनले भने ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : २६ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा