कर्णालीले तोड्यो हारको खडेरी, बोपाराको अर्धशतकले रोकेन चितवनको हार « Khabarhub

कर्णालीले तोड्यो हारको खडेरी, बोपाराको अर्धशतकले रोकेन चितवनको हार


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले तेस्रो खेलमा बल्ल जित निकालेको छ ।

यसअघिका दुई खेल गुमाएको कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १३१ रनको लक्ष्य पछ्याएको थियो । उसले अन्तिम ओभरको ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

भारतीय ब्याटर तथा कर्णालीका ओपनर शिखर धवनले आजको खेलमा अर्धशतक प्रहार गर्न ५ रनले चुके । उनले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन जोडे ।

धवनलाई नामिबियाका अलराउन्डर ब्याटरसमेत रहेका चितवनका जान निकोल लोफ्टी इटनको बलमा मैदानबाट बिहिरिए ।

कर्णालीका घरेलु ब्याटर देव खनालले ३४ बल खर्चिएर २५ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे ।

कर्णालीको जितका लागि चाडविक वाल्टनले ३ छक्काको सहयोगमा १९ बलमा ३० रन जोडे । जिशान मकसूद जविजित १२ रन जोडे । १० बलमा ११ रन जोडेका अर्जुन घर्ती रन आउट भएका थिए ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ३२ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको