कर्णालीले तोड्यो हारको खडेरी, बोपाराको अर्धशतकले रोकेन चितवनको हार « Khabarhub

कर्णालीले तोड्यो हारको खडेरी, बोपाराको अर्धशतकले रोकेन चितवनको हार


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले तेस्रो खेलमा बल्ल जित निकालेको छ ।

यसअघिका दुई खेल गुमाएको कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १३१ रनको लक्ष्य पछ्याएको थियो । उसले अन्तिम ओभरको ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

भारतीय ब्याटर तथा कर्णालीका ओपनर शिखर धवनले आजको खेलमा अर्धशतक प्रहार गर्न ५ रनले चुके । उनले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन जोडे ।

धवनलाई नामिबियाका अलराउन्डर ब्याटरसमेत रहेका चितवनका जान निकोल लोफ्टी इटनको बलमा मैदानबाट बिहिरिए ।

कर्णालीका घरेलु ब्याटर देव खनालले ३४ बल खर्चिएर २५ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे ।

कर्णालीको जितका लागि चाडविक वाल्टनले ३ छक्काको सहयोगमा १९ बलमा ३० रन जोडे । जिशान मकसूद जविजित १२ रन जोडे । १० बलमा ११ रन जोडेका अर्जुन घर्ती रन आउट भएका थिए ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ३२ बजे

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको