सानो गौचरण स्टेडियममा कम गुणस्तरको बालुवा, उपप्रमुख डंगोलले रोकिन् ढलान « Khabarhub

सानो गौचरण स्टेडियममा कम गुणस्तरको बालुवा, उपप्रमुख डंगोलले रोकिन् ढलान


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमनलाई तीव्र पारेको छ ।

उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दीगोपनाका लागि पूर्वाधार अनुगमनलाई तीव्र बनाएको हो ।

पछिल्लो समय नियमित अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले शुक्रबार पुन:र्निर्माण भइरहेको सानो गौचरण स्टेडियम अनुगमन गरेको छ ।

साताअघि मात्रै शिलान्यास गरिएको स्टेडियम अनुगमन गर्न उपप्रमुख डंगोल सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित पुगेकी हुन् ।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमानको यो आयोजना बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुन:र्निर्माण गरिरहेको छ ।

२०८२ चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम भइरहेको निर्माणस्थलमा पूर्वजानकारीबिना नै डंगोलसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै ढलान रोक लगाएकी छन् ।

अन्य सामग्रहीको ल्याब टेष्ट गर्न पठाइएको छ । ‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने पार्किङ रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ,’ डंगोलले भनिन्, ‘यो विशेष महत्वको संरचना हो । त्यसैले यहाँ विशेष महत्व दिएर अनुगमन गरेका हौँ ।’

डंगोलले पछिल्लो समय सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तर र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको बताइन् ।

‘हामी अनुगमनमा पूर्वजानकारीबिना जाने गरेका छौँ । प्राविधिक टीमसहित पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा पायौँ । अनुगमनपछि बालुवा ढलान रोक्न लगाएका छौँ,’ उनले भनिन्, ‘अन्य सामाग्री हामीले ल्याव टेष्टका लागि पठाएका छौँ ।’

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ०८ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ