सानो गौचरण स्टेडियममा कम गुणस्तरको बालुवा, उपप्रमुख डंगोलले रोकिन् ढलान « Khabarhub

सानो गौचरण स्टेडियममा कम गुणस्तरको बालुवा, उपप्रमुख डंगोलले रोकिन् ढलान


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमनलाई तीव्र पारेको छ ।

उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दीगोपनाका लागि पूर्वाधार अनुगमनलाई तीव्र बनाएको हो ।

पछिल्लो समय नियमित अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले शुक्रबार पुन:र्निर्माण भइरहेको सानो गौचरण स्टेडियम अनुगमन गरेको छ ।

साताअघि मात्रै शिलान्यास गरिएको स्टेडियम अनुगमन गर्न उपप्रमुख डंगोल सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित पुगेकी हुन् ।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमानको यो आयोजना बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुन:र्निर्माण गरिरहेको छ ।

२०८२ चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम भइरहेको निर्माणस्थलमा पूर्वजानकारीबिना नै डंगोलसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै ढलान रोक लगाएकी छन् ।

अन्य सामग्रहीको ल्याब टेष्ट गर्न पठाइएको छ । ‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने पार्किङ रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ,’ डंगोलले भनिन्, ‘यो विशेष महत्वको संरचना हो । त्यसैले यहाँ विशेष महत्व दिएर अनुगमन गरेका हौँ ।’

डंगोलले पछिल्लो समय सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तर र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको बताइन् ।

‘हामी अनुगमनमा पूर्वजानकारीबिना जाने गरेका छौँ । प्राविधिक टीमसहित पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा पायौँ । अनुगमनपछि बालुवा ढलान रोक्न लगाएका छौँ,’ उनले भनिन्, ‘अन्य सामाग्री हामीले ल्याव टेष्टका लागि पठाएका छौँ ।’

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ०८ बजे

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६