ग्वार्को फ्लाइओभरमा मोटर गुडाउन अझै तीन महिना कुर्नुपर्ने « Khabarhub

यातायात

ग्वार्को फ्लाइओभरमा मोटर गुडाउन अझै तीन महिना कुर्नुपर्ने


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने भएको छ । फ्लाइओभर निर्माणका अधिकांश काम अन्तिम चरणमा पुगे पनि यातायात सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने देखिएको हो ।

यसअघि वर्षाका कारण रोकिएको फ्लाइओभर निर्माणकार्य पुनः सुरु भएको छ । ठेकेदार कम्पनीले निर्माणमा देखाएको ढिलासुस्तीका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकिरहेको छैन ।

हाल मुख्य पुलतर्फ माथि जाने स्ल्याब ढलान लगायतका काम भइरहेको सडक विभाग अन्र्तगत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले खबरहबलाई जानकारी दिए ।

उनका अनुसार फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको ढलान भइसकेको छ । त्यसको दायाँ–बायाँ ‘ब्यारियर’ वाल राख्ने काम पनि अघि बढेको छ । त्यस्तै, पहुँच सडकसम्म ¥याम्प निर्माण पनि अघि बढेको छ ।

‘ग्वार्को फ्लाइओभरको निर्माण अन्तिम चरणमा छ । वर्षा नभएको भए दशैंसम्म सम्पूर्ण निर्माण सक्ने योजना थियो,’ उनले भने, ‘तर, असोज लागेसँगै देशभर पानी परेकाले बाँकी काम अघि बढ्न सकेन ।’

‘वर्षाले बिथोल्दा ढिलाइ’

फ्लाइओभर निर्माणकार्य हालसम्म करिब ८० प्रतिशत सकिएको छ । असोज लागेसँगै आयोजना निर्माणले गति लिने अपेक्षा गरिए पनि पहिलो साता देशभर वर्षा भएसँगै बाँकी निर्माण कार्य ठप्प भएको थियो । गत असोज १० गते परेको अविरल वर्षाका कारण फ्लाइओभर निर्माणले गति लिन सकेको थिएन ।

यो पनि –

ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा

दशैं र तिहारजस्ता चाडपर्वको बिदाइसँगै फ्लाइओभर निर्माणकर्मी काममा फर्केका छन् । चाडबाड मान्न गाउँ गएका प्राविधिक जनशक्तिहरू फर्किसकेकाले फ्लाइओभरको बाँकी काम अघि बढेको आयोजनाले जनाएको छ ।

सकिए यी काम

हालसम्म उक्त फ्लाइओभरका अधिकांश निर्माणकार्य अन्तिम चरणमा छन् । आयोजनामा पहुँच सडक र ट्राफिक लाइट जडान लगायत केही काम बाँकी छन् ।

आयोजना निर्माणको ठेक्का अवधि २०८१ पुस मसान्तसम्म थप गरिएको छ । यसअघि गत २०८० चैतमा आयोजना निर्माणका लागि १० महिना म्याद थप गरिएको थियो । आयोजना निर्माणका बाँकी काम थपिएको म्याद अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको झाले बताए ।

इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा बन्न लागेको उक्त फ्लाइओभरको ठेक्का आशीष समानान्तर रेलिगेयर संयुक्त उपक्रम (जेभी) ले पाएको छ । गत २०७८ फागुन १२ मा निर्माण सुरु भएको फ्लाइओभर दुई वर्षमा सम्पन्न हुने ठेक्का सम्झौता थियो । तर, तोकिएको समयभित्र फ्लाइओभर निर्माण नभएपछि १० महिना म्याद थप गरिएको थियो ।

यो पनि –

दशैँ अघिको झरीले बिथोल्यो ग्वार्को फ्लाइओभर निर्माण

ग्वार्को फ्लाइओभरको ठेक्का १७ करोड आठ लाख रुपैयाँमा लगाइएको हो । हालसम्म कुल लागतको ३५ प्रतिशत रकम खर्च भएको आयोजनाले जानकारी दिएको छ । अन्तरराष्ट्रिय मापदण्डमा तयार हुने यो यातायात पूर्वाधार संरचना नेपालको पहिलो फ्लाइओभर हुनेछ ।

बालकुमारीतर्फ ३२० र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइ रहने उक्त फ्लाइओभरमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका १२/१२ वटा गरी जम्मा २४ वटा पाइल हुनेछ ।

फ्लाइओभर निर्माणपश्चात् पाँच वर्षसम्म मर्मत र सम्भार स्वयम् ठेकेदार कम्पनीले गर्नुपर्नेछ । फ्लाइओभर निर्माणको व्यवस्थापन र सहजीकरण भने सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट हुँदै आएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : ३२ बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न