यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिकामा : विश्वकप अघि चार खेल खेल्दै « Khabarhub

यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिकामा : विश्वकप अघि चार खेल खेल्दै


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ। जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु–१९ विश्वकप क्रिकेटमा सहभागी हुन देव खनालको नेतृत्वमा नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको हो।

नेपाली टिमले विश्वकप अघि दक्षिण अफ्रिकामा चार वटा खेल खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले नामिबिया र स्कटल्याण्डसँग प्रशिक्षण खेल खेल्दैछ। यसलाई विश्वकप तयारीको रुपमा हेरिएको छ। नेपालले नामिबियासँग मंगलबार र स्कटल्यान्डसँग बिहीबार खेल्नेछ।

त्यसैगरी नेपालले पुस २८ गते स्कटल्याण्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दैछ। यसको व्यवस्थापन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गरेको क्यानले जनाएको छ।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

नेपालले माघ ७ गते) न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।

जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिममा राष्ट्रिय टिमबाट गुल्सन झालेसमेत विश्वकप खेल्दैछन्।

नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ०९ बजे

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित