राष्ट्रियसभा निर्वाचन : गठबन्धनका चार दल आन्तरिक छलफलमा | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : गठबन्धनका चार दल आन्तरिक छलफलमा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन, सिट विभाजन तथा प्रदेशको भाग मिलाउन सत्ता गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

आइतबार नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक डाकेको छ । अहिले कांग्रेस संस्थापन र संस्थापन इतर पक्षका नेतासँग सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा छलफल गरिरहेका छन् । कार्यसम्पादन समितिको बैठक भने सानेपामा हुने पार्टी प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार आइतबार १ बजे डाकिएको बैठक ४ बजे सारिएको छ ।

यस्तै, बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा सिटको छिनोफानो तथा उम्मेदवारको टुङ्गो लाग्ने महासचिव देव गुरुङले बताए ।

यस्तै, जनता समाजवादी पार्टीको पनि बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ । उसले आफूले पाएको १ सिटमा असन्तुष्टि जनाइरहेको छ ।

यता, नेकपा एकीकृत समाजवादीको पनि मुख्यालय आलोकनगरमा चलिरहेको छ । यसले ३ सिटमा दाबी गरेको छ । तर, २ सिट पाउने भएपछि असन्तुष्ट छ । यसबारेमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्रियसभा निर्वाचनको मनोनयन भोलि हुँदैछ । निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ । १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

यो पनि…

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ५० बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन