राष्ट्रियसभा निर्वाचन : गठबन्धनका चार दल आन्तरिक छलफलमा « Khabarhub

राष्ट्रियसभा निर्वाचन : गठबन्धनका चार दल आन्तरिक छलफलमा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन, सिट विभाजन तथा प्रदेशको भाग मिलाउन सत्ता गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

आइतबार नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक डाकेको छ । अहिले कांग्रेस संस्थापन र संस्थापन इतर पक्षका नेतासँग सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा छलफल गरिरहेका छन् । कार्यसम्पादन समितिको बैठक भने सानेपामा हुने पार्टी प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार आइतबार १ बजे डाकिएको बैठक ४ बजे सारिएको छ ।

यस्तै, बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा सिटको छिनोफानो तथा उम्मेदवारको टुङ्गो लाग्ने महासचिव देव गुरुङले बताए ।

यस्तै, जनता समाजवादी पार्टीको पनि बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ । उसले आफूले पाएको १ सिटमा असन्तुष्टि जनाइरहेको छ ।

यता, नेकपा एकीकृत समाजवादीको पनि मुख्यालय आलोकनगरमा चलिरहेको छ । यसले ३ सिटमा दाबी गरेको छ । तर, २ सिट पाउने भएपछि असन्तुष्ट छ । यसबारेमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्रियसभा निर्वाचनको मनोनयन भोलि हुँदैछ । निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ । १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

यो पनि…

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ५० बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज