कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ | Khabarhub Khabarhub

कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, प्रदेशका मन्त्रीहरु तथा उच्च पदस्थ कर्मचारीहरु र कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए । कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ५१ बजे

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको

‘मनसरा’ को अग्रिम बुकिङ खुला 

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

अन्तराष्ट्रिय श्रमिक दिवस (तस्बिरहरु)

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने