चिकित्सा शिक्षालाई खुकुलो बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत | Khabarhub Khabarhub

चिकित्सा शिक्षालाई खुकुलो बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर र नर्स प्रशस्त उत्पादन गर्नका लागि चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षा विधाको अध्ययन खुकुलो बनाउनुपर्ने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पतालको वार्षिकोत्वसमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने पनि बताए । खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताउँदै उनले विदेशमा डाक्टर र नर्सलाई धेरै तलब तथा इज्जत मान, पतिष्ठान पनि हुने भएकाले अब यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले त्यसका लागि कदम पनि अगाडि बढाइएको बताएका छन् । ‘यदी हामीले विदेश पठाउने नै नेपाली ३० हजार खानलाई खाडीमा किन पठाउने ? डाक्टर जो १८, २० लाख पाउँछ, नर्सिङ जसले ८, १० लाख महिनाको लिन सक्नुहुन्छ । धेरै डाक्टर, नर्स पढाउँदा ठूलो स्रोत आउँछ, इज्जत हुन्छ, सम्मान हुन्छ, मान, प्रतिष्ठा हुन्छ ।’ मन्त्री बस्नेतले भने, ‘त्यस कारणले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । यसका लागि हामीले कदम पनि अगाडि सारेका छौँ । ’

मन्त्री बस्नेतले सरकारी अस्पतालमा १०० देखि ३०० बेडका अस्पतालमा नर्सिङ र पारामेडिक्स र ३०० बेडभन्दा माथिका अस्पतालमा एमबीबीएस अध्ययन गराउन दिने व्यवस्था हुनुपर्ने बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वयका लागि पत्र लेखिसकेको पनि उनले जानकारी दिए ।

मन्त्रिपरिषद्, विभिन्न दलका नेता, सभामुख तथा आफ्नै दलका नेताहरुसमक्ष पनि यसबारे कुरा गरेको भन्दै मन्त्री बस्नेतले सबैले नेपाललाई चिकित्सा शिक्षाको हब बनाउनुपर्ने बताएको जिकिर गरे । ‘मन्त्रिपरिषदमा पनि यो कुरा राखेको छु । संसदबाटै पास गर्नुपर्ने भएकाले सम्माननीय सभामुखज्यूलाई पनि मैले कुरा राखेँ । पार्टीका नेताहरुलाई पनि मैले यो कुरा राखेँ । मैले मेरै पार्टीका सभापति शेरबहादुर देउवाज्युलाई पनि यो कुरा राखेँ ।’, उनले भने, ‘सबैको एउटै स्वर छ नेपाललाई चिकित्सा शिक्षाको हब बनाऔं, ।’

उनले भारतमा वार्षिक १९ लाखले मेडिकल शिक्षाका लागि आवेदन दिने गरेको भन्दै तीमध्ये ९ लाखले प्रवेश परीक्षा पास गर्ने र एक लाखले मात्र पढ्न पाउने गरेको बताए । उनले भारतमा प्रवेश परीक्षा पास गरेका ९ लाखमध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके अर्बौँ पैसा कमाउन सकिने पनि दाबी गरे । ‘विदेशी विद्यार्थीलाई पनि हामीले समावेश गर्न सक्यौँ भने अर्बौँ पैसा आउँछ । भारतमा मात्रै वार्षिक १९ लाख मान्छेले डाक्टर पढ्न आवेदन दिँदा रहेछन् । परीक्षामा ९ लाखले पास गर्दा रहेछन् । एक लाखले पढ्न पाउँदा रहेछन् ।,’ उनले भने, ‘त्यो ९ लाख जाँच पास गरेकामध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके के हुन्छ रु कल्पना गरौं न । २५ हजारलाई नै ल्याएपनि के हुन्छ ?’

नेपालमै सरकारी अस्पतालहरुमा पर्याप्त जनशक्ति नहुँदा अस्पतालमा बिरामीले समयमै उपचार पाउन समस्या छ । कामको चाप बढी छ तर तलबसुविधा भने राम्रो नभएको गुनासो कार्यरत स्वास्थ्य जनशक्तिको छ । तर स्वास्थ्यमन्त्री बस्नेतको ध्यान त्यसतर्फ गएको छैन । उनले प्रशस्त स्वास्थ्यका जनशक्ति विदेश पढाउने र अर्बौ पैसा नेपालमा आउने भन्दै त्यसमा आफूले कदम समेत चालेको बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ५९ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको