चिकित्सा शिक्षालाई खुकुलो बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

चिकित्सा शिक्षालाई खुकुलो बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर र नर्स प्रशस्त उत्पादन गर्नका लागि चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षा विधाको अध्ययन खुकुलो बनाउनुपर्ने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पतालको वार्षिकोत्वसमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने पनि बताए । खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताउँदै उनले विदेशमा डाक्टर र नर्सलाई धेरै तलब तथा इज्जत मान, पतिष्ठान पनि हुने भएकाले अब यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले त्यसका लागि कदम पनि अगाडि बढाइएको बताएका छन् । ‘यदी हामीले विदेश पठाउने नै नेपाली ३० हजार खानलाई खाडीमा किन पठाउने ? डाक्टर जो १८, २० लाख पाउँछ, नर्सिङ जसले ८, १० लाख महिनाको लिन सक्नुहुन्छ । धेरै डाक्टर, नर्स पढाउँदा ठूलो स्रोत आउँछ, इज्जत हुन्छ, सम्मान हुन्छ, मान, प्रतिष्ठा हुन्छ ।’ मन्त्री बस्नेतले भने, ‘त्यस कारणले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । यसका लागि हामीले कदम पनि अगाडि सारेका छौँ । ’

मन्त्री बस्नेतले सरकारी अस्पतालमा १०० देखि ३०० बेडका अस्पतालमा नर्सिङ र पारामेडिक्स र ३०० बेडभन्दा माथिका अस्पतालमा एमबीबीएस अध्ययन गराउन दिने व्यवस्था हुनुपर्ने बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वयका लागि पत्र लेखिसकेको पनि उनले जानकारी दिए ।

मन्त्रिपरिषद्, विभिन्न दलका नेता, सभामुख तथा आफ्नै दलका नेताहरुसमक्ष पनि यसबारे कुरा गरेको भन्दै मन्त्री बस्नेतले सबैले नेपाललाई चिकित्सा शिक्षाको हब बनाउनुपर्ने बताएको जिकिर गरे । ‘मन्त्रिपरिषदमा पनि यो कुरा राखेको छु । संसदबाटै पास गर्नुपर्ने भएकाले सम्माननीय सभामुखज्यूलाई पनि मैले कुरा राखेँ । पार्टीका नेताहरुलाई पनि मैले यो कुरा राखेँ । मैले मेरै पार्टीका सभापति शेरबहादुर देउवाज्युलाई पनि यो कुरा राखेँ ।’, उनले भने, ‘सबैको एउटै स्वर छ नेपाललाई चिकित्सा शिक्षाको हब बनाऔं, ।’

उनले भारतमा वार्षिक १९ लाखले मेडिकल शिक्षाका लागि आवेदन दिने गरेको भन्दै तीमध्ये ९ लाखले प्रवेश परीक्षा पास गर्ने र एक लाखले मात्र पढ्न पाउने गरेको बताए । उनले भारतमा प्रवेश परीक्षा पास गरेका ९ लाखमध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके अर्बौँ पैसा कमाउन सकिने पनि दाबी गरे । ‘विदेशी विद्यार्थीलाई पनि हामीले समावेश गर्न सक्यौँ भने अर्बौँ पैसा आउँछ । भारतमा मात्रै वार्षिक १९ लाख मान्छेले डाक्टर पढ्न आवेदन दिँदा रहेछन् । परीक्षामा ९ लाखले पास गर्दा रहेछन् । एक लाखले पढ्न पाउँदा रहेछन् ।,’ उनले भने, ‘त्यो ९ लाख जाँच पास गरेकामध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके के हुन्छ रु कल्पना गरौं न । २५ हजारलाई नै ल्याएपनि के हुन्छ ?’

नेपालमै सरकारी अस्पतालहरुमा पर्याप्त जनशक्ति नहुँदा अस्पतालमा बिरामीले समयमै उपचार पाउन समस्या छ । कामको चाप बढी छ तर तलबसुविधा भने राम्रो नभएको गुनासो कार्यरत स्वास्थ्य जनशक्तिको छ । तर स्वास्थ्यमन्त्री बस्नेतको ध्यान त्यसतर्फ गएको छैन । उनले प्रशस्त स्वास्थ्यका जनशक्ति विदेश पढाउने र अर्बौ पैसा नेपालमा आउने भन्दै त्यसमा आफूले कदम समेत चालेको बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ५९ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,