रणजी ट्रफीमा चेतेश्वर पुजाराको दोहोरो शतक | Khabarhub Khabarhub

रणजी ट्रफीमा चेतेश्वर पुजाराको दोहोरो शतक


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । हाल भारतको राष्ट्रिय क्रिकेट टिमबाट बाहिर रहेका ब्याट्सम्यान चेतेश्वर पुजाराले रणजी ट्रफी २०२४ को पहिलो चरणमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले सिजनको पहिलो खेलमा नै दोहोरो शतक बनाएका छन् । पुजाराले झारखण्डविरुद्ध ३५६ बलमा अविजित २४३ रन बनाएका छन् ।

रणजी ट्रफीमा उनको यो आठौं दोहोरो शतक हो । अब उनी यस प्रतियोगितामा सर्वाधिक दोहोरो शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । अब उनीभन्दा अगाडि पारस डोगरा छन् जसले ९ दोहोरो शतक बनाएका छन् ।

सिजनको आफ्नो पहिलो खेलमा उनले झारखण्डविरुद्धको खेलको दोस्रो दिन १ सय ५७ रन बनाएर अविजित थिए। उनले तेस्रो दिनको पहिलो सत्रमा दोहोरो शतक पूरा गरे ।

पुजारा अहिले हर्बर्ट सटक्लिफ र मार्क रामप्रकाशको १७ प्रथम श्रेणीको दोहोरो शतकको बराबरीमा छन् । फर्स्ट क्लास क्रिकेटमा सबैभन्दा धेरै दोहोरो शतक बनाउनेमा चेतेश्वर पुजाराको नाम डन ब्राडम्यान (३७), वाली ह्यामन्ड (३६) र पाट्सी हेन्ड्रेन (२२) पछि परेको छ। पुजाराका अलावा हर्बर्ट सटक्लिफ र मार्क रामप्रकाशले पनि १७ दोहोरो शतक बनाएका छन् । पुजाराको नाममा तीन प्रथम श्रेणीको त्रि(शतक पनि छ, जसमध्ये अन्तिम अक्टोबर २०१३ मा वेस्ट इन्डिज ए विरुद्ध बनेको थियो ।

यो इनिङ्ससँगै पुजाराले इङल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि राष्ट्रिय टिममा फर्किने दाबीलाई बलियो बनाएका छन् । भारतले इङल्याण्डविरुद्ध पाँच टेस्टको सिरिज जनवरी २५ बाट खेल्दैछ ।

पुजाराले पछिल्लो पटक जुनमा ओभलमा अस्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा टेस्ट खेलेका थिए, जसमा उनले १४ र २७ रन बनाएका थिए जसमा भारत २०९ रनले पराजित भएको थियो । भारतले त्यसपछि जुलाई २०२३ मा वेस्ट इन्डिजमा र हालसालै दक्षिण अफ्रिकामा दुई खेलको दुईवटा टेस्ट सिरिज खेलेको छ । यी खेलमा पुजारालाई टिममा समावेश गरिएको थिएन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ५६ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१