अरुण चौधरी आज छुट्दै, दाजुको दौडधूप बढ्यो « Khabarhub

अरुण चौधरी आज छुट्दै, दाजुको दौडधूप बढ्यो


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरीमाथि अनुसन्धान गरिरहेको केन्द्रीय हनुसन्धान ब्यूरो (सीआइबी) माथि चर्को दबाव परेको छ । यही दबावका कारण चौधरीसहित तीनैजना बन्दीहरु आज छुट्ने सम्भावना बढेको छ । काठमाडौं जिल्ला अदालतले थपेको थुनामा राख्ने म्याद आज सकिँदैछ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणको अनुसन्धान तत्कालै सकिने विषय होइन । यसमाथिको अनुसन्धान विगतको भूटानी शरणार्थी एवं सुन प्रकरणजस्तै जटिल अनुसन्धानको विषय हो । तर, जिल्ला अदालत काठमाडौंले सोमबार चौधरीलाई दुई दिनमात्रै हिरासतमा राख्ने अनुमति दियो ।

त्यसो त सोमबार काठमाडौं जिल्ला अदालतमा विगतको् भन्दा केही फरक दृश्य देखिएको जानकारहरु बताउँछन् । अन्य थुनुवाको हकमा अनुसन्धानका लागि कानुनले दिएको २५ दिनको अवधिभित्र प्रहरीले मागेको समय पाउने गरेकोमा अरुण चौधरीको हकमा अदालत निकै नै उदार देखियो ।

सामान्य थुनुवाको हकमा न्यायाधीशले ५ मिनेटमै म्याद थपको आदेश दिने गरेकोमा सोमबार न्यायाधीश यज्ञप्रसाद आचार्यले आफ्नो इजलासमा विपक्षी वकिलको समेत बहस सुनेर साँझसम्म लम्ब्याएका थिए । चौधरीको केसमा अदालतले फरक व्यवहार देखाएको भन्दै सर्वोच्च अदालतमा समेत चर्चा भएको स्रोतले बतायो ।

जिल्ला अदालतको उक्त गतिविभिमाथि व्यंग्य गर्दै बरिष्ठ पत्रकार किशोर श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्, ‘राज्यको सम्पत्ति लुटिएको जस्तो जघन्य अपराधमा अनुसन्धान गर्ने निकायमाथि कानुनी प्रावधान बेगर २ दिनभित्र छाड्नैपर्ने गरी भाका तोक्ने, अख्तियारले अल्छी गर्दा अनुसन्धान गर्न अग्रसर सीआइबी र सरकारी वकिलमाथि मनलाग्दी अंकुश लगाउने तथा सम्वद्ध अरु ब्यक्तिहरुबाट वयान लिन र थप प्रमाण जुटाउन नदिने श्रीमानहरुका यस्तै ‘न्यायिक मन’ रहिरहेसम्म नेपालमा दण्डहीनता मौलाइरहने छ ।’

श्रेष्ठ अगाडि थप्छन्, ‘रिस्क मोलेर ठूला केसको मिसिल तयार पार्न छाडी अनुसन्धानकर्मीहरु अझै कैयौं बर्ष चोरी–पकेटमारी, कुटपिटजस्ता स–साना घटनामै रमाइरहने छन् । वकिलको ताँती लगाउन नसक्ने प्रभाव र पहुँचबिहिन गरिवहरु चाहिँ पुस, माघको जाडोमा हदम्याद (९० दिन) सम्म खोरमै जाकिइरहनेछन् ।’

स्रोतका अनुसार अरुण चौधरी, अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई आज थुनामुक्त गर्ने जिल्ला अदालतको तयारी छ ।

यसैवीच आफ्ना भाइलाई छुटाउन उद्योगपति विनोद चौधरीले बालुवाटारदेखि अदालतसम्म आफ्ना सूत्रहरु परिचालन गरेको बुझिएको छ ।

बालुवाटारमा उनले उपप्रधानमन्त्री पूर्णबहादुर खड्का मार्फत दबाव बढाएका छन् भने अदालतमा आफ्नी पत्नीसँगै कलेज पढ्ने न्यायाधीशसँग सम्पर्क गरेर आफूहरुलाई उन्मुक्ति दिलाइदिन अनुनय गरेको बुझिएको छ ।

यो पनि

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी

चौधरीको भित्रीकथा : कैंची बोकेर भारतबाट आएका भुरामलका नाति यसरी बने अर्बपति

 

 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ०६ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट