काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन « Khabarhub

काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले सर्वोच्चको आदेश कार्यान्वयन गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले सर्वोच्चले आफूहरूको पक्षमा गरेको ऐतिहासिक फैसला गरेपनि कार्यान्वयन नगरेको भन्दै काठमाडौंको शान्तिबाटीका रत्नपार्क क्षेत्रमा विरोध र्याली सहित प्रदर्शन गरेको हो ।

सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनाकानी गरेकाले अदालतले फैसला गरेको ठिक १ वर्ष पुगेका अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलब, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ लडेको ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले जनाएका छन् । प्रदर्शनमा सहभागीहरूले अन्तराष्ट्रिय मानवअधिकारको कदर गर, सर्वोच्चको फैसला कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता खारेज गर्न सर्वोच्च अदालतले गत वर्षको माघ २४ गते आदेश दिएको थियो । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ३४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको