तामाको भाँडामा राखेको पानी पिउँदाका फाइदा यस्ता छन् « Khabarhub

तामाको भाँडामा राखेको पानी पिउँदाका फाइदा यस्ता छन्


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पानी जीवनको आधार हो । पानी पिउनु धेरै महत्त्वपूर्ण छ । पछिल्लो समय उपत्यकामा जारका मिनरल वाटरका पानी पिउने गरिन्छ । बोतलहरू प्रायः प्लास्टिकका नै प्रयोग हुने गर्छन् ।  प्लास्टिकको बोतलको पानी पिउनु वातावरण र शरीरको लागि हानिकारक रहने चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय तामाको भाडामा पानी पिउनेको पनि कमी छैन । तामाको भाँडोमा राखेको पानी पिउँदा शरीरलाई धेरै फाइदा हुने विश्वास गरिन्छ ।

तामाको भाडोमा राखेको पानी पिउनुका फाइदाहरू
– तामाको भाँडामा राखिएको पानी प्राकृतिक एन्टिअक्सिडेन्ट हो । आयुर्वेदिक अध्ययनका अनुसार यसको सेवनले वात, कफ र पित्तका तीन दोषलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
– तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुनुका साथै जोर्नीको दुखाइ कम हुन्छ ।
– फंगस, भाइरस र ब्याक्टेरियाबाट हुने धेरै हानिकारक रोगहरूलाई हटाउन तामाको पानी राम्रो उपाय हो ।
– तामाको पानीले शरीरको प्राकृतिक पीएच स्तरलाई पनि कायम राख्न मद्दत गर्छ ।
– तामाको भाँडामा राखेको पानी नियमित रूपमा पिउनाले रक्तअल्पता कम हुन्छ ।
– तामाको पानीले थाइराइडको समस्या निको हुन्छ । साथै शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।
– मुटु रोगका बिरामीले तामाको पानी पिउनुपर्छ । विज्ञहरू विश्वास गर्छन् कि शरीरमा तामाको कमीले प्लाकको गठन हुन्छ, जुन रक्तनलीहरू अवरुद्ध गर्न जिम्मेवार हुन्छ ।
– तामाको भाँडो वा भाँडामा राखिएको पानीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यसले ट्यूमर निम्त्याउने फ्री रेडिकलहरूसँग लड्न मद्दत गर्न सक्छ ।
– डब्लुएचओले प्रति लिटर पानीमा कम्तीमा ०.४७ मिलिग्राम तामा उपभोग गर्न सुझाव दिन्छ। यो हरेक दिन १० मिलीग्राम भन्दा बढी हुनु हुँदैन। यस्तो अवस्थामा तामाको बोतलमा १० घण्टाभन्दा बढी समयसम्म पानी राखेर खानु हुँदैन ।
– बिहान तामाको भाडामा पानी खाँदा स्वास्थ्यमा फाइदा पुग्छ । खाना खाएपछि तामाको भाँडामा राखेको पानी पिउँदा पाचन प्रक्रियामा नराम्रो असर पर्न सक्छ । यसले पाचन कम गर्न सक्छ वा पेट दुख्न सक्छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ६ : ११ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको