चीनद्वारा छ युरोपेली देशका लागि भिसा-मुक्त नीति घोषणा « Khabarhub

चीनद्वारा छ युरोपेली देशका लागि भिसा-मुक्त नीति घोषणा


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्ने भएका छन् । 

स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताएका छन् ।

चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका लागि द्रुतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको उनले बताए।

वाङले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो सत्रको अवसरमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकसँग भिसा–फ्रि नीति अवलम्बन सम्बन्धमा जानकारी गराएका हुन् । 

उनले यो प्रयासले चिनियाँ नागरिकहरूलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने जनाउँदै विदेशीहरूलाई चीनमा घरमा नै रहेकोजस्तो महसुस गराउने विश्वास व्यक्त गरे ।  

वाङले उच्च–मानक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षरलाई बढावा दिन, स्वतन्त्र व्यापार क्षेत्रहरूको विश्वव्यापी सञ्जाल विस्तार गर्न र विश्वव्यापी औद्योगिक, आपूर्ति र तथ्यांक प्रणालीलाई स्थिर र निर्बाध राख्न सम्बन्धित अधिकारीहरूसँग सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

चिनियाँ अन्तर्राष्ट्रिय आयात निर्यात र अन्तर्राष्ट्रिय व्यापार सेवालगायत अन्तर्राष्ट्रिय सहयोग मार्गहरू पूर्णरूपमा विकास गर्न र बजार सिद्धान्तहरूमा आधारित, कानूनद्वारा शासित र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित आफ्नो व्यापार वातावरणलाई अनुकूलन गर्ने चीनको तयारी रहेको उनले बताए।   

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ५ : २८ बजे

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। मंगलबार

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्