नेटो अभ्यासले तनाव निम्त्याउँछ : रुस « Khabarhub

नेटो अभ्यासले तनाव निम्त्याउँछ : रुस


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मस्को – हाल जारी ‘नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले टिप्पणी गरेका छन् ।

युरोपमा जारी सैन्य अभ्यास ूरूससँग सशस्त्र टकरावको परिदृश्यू जस्तो प्रतीत हुने पत्रुशेभले उल्लेख गरेका छन् ।

‘वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट छ । कुनै पनि अन्य देशले यति धेरै युद्ध र सैन्य द्वन्द्वहरू निम्त्याएका छैनन् र यति धेरै आर्थिक सङ्कटका निम्ति उक्साएका पनि छैननन्,’ उनले टिप्पणी गरे ।

सुरक्षा सचिव पत्रुसेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा ूवाशिङ्गटनको प्रभाव देखिएजस्तो अनुभूति भएको बताएका छन् ।

नेटो ब्लकले एशिया(प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उहाँको धारणा छ । पात्रुसेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन् जसले ती देशहरूको बढ्दो आक्रामक प्रकृति झल्काउँने बताएका छन् ।

‘स्टेडफास्ट डिफेन्डर २०२४ सैन्य अभ्यास’ जनवरीको अन्त्यमा शुरु भएको र मेसम्म चल्ने तालिका छ। करिब ९० हजार सेनाको सहभागितामा आयोजित यो सैन्य अभ्यास युरोपमा दशकौंपछुको ठूलो युद्ध खेल हो।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १० : ११ बजे

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले