इंग्लिस पिमियर लिग : आर्सनल शीर्षस्थानमा « Khabarhub

इंग्लिस पिमियर लिग : आर्सनल शीर्षस्थानमा


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्राइटनलाई ३–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका बुकायो साका, काई हाभर्टज र लियान्द्रो ट्रोससार्डले एक–एक गोल गरेका थिए ।

खेलको ३३औँ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ६२औँ मिनेटमा हाभर्टजले टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ८६औँ मिनेटमा ट्रोससार्डले गरेको गोल सँगै आर्सनलले ३–० ले सहज जित निकाल्यो ।

यो जितसँगै आर्सनल ३१ खेलबाट ७१ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ । पराजित भएको ब्राइटन ४३ अंकसहित १०औँ स्थानमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ०५ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै