एमाले केन्द्रीय कार्यालय बैठक बस्दै « Khabarhub

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको छ ।

पार्टी महासचिवको नेतृत्वमा बस्ने बैठकमा उपमहासचिव र सचिवहरु सहभागी हुने छन् ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने बताइएको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाइएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने बैठकमा २ हजार बढी प्रतिनिधि सहभागी हुनेछन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार केन्द्रीय कार्यालय बैठकले केन्द्रीय सचिवालय बैठकको मिति समेत तय गर्नेछ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका