गाजा युद्धमा इजराइल जितबाट एक कदम टाढा छ : नेतान्याहु « Khabarhub

गाजा युद्धमा इजराइल जितबाट एक कदम टाढा छ : नेतान्याहु


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन् । उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गरे।

हमास लडाकूहरूले इजराइलमा अभूतपूर्व आक्रमण गरेपछि अक्टोबर ७ मा सुरु भएको युद्ध छ महिना पूरा भएको अवसरमा मन्त्रिपरिषद्को बैठकमा उनले भने, “हामी जितबाट एक कदम टाढा छौँ तर हामीले जुन मूल्य तिरेका छौँ त्यो दर्दनाक र हृदय विदारक छ ।”

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग कायरोमा युद्धविराम वार्ता पुनः सुरु हुने अपेक्षाबीच उनले भने, “बन्धकहरूको फिर्तीबिना कुनै युद्धविराम हुनेछैन, यस्तो हुनेछैन ।”

“इजराइल सम्झौताका लागि तयार छ, इजराइल आत्मसमर्पण गर्न तयार छैन”, उनले जोड दिँदै भने, “हमासलाई आफ्नो स्थिति कडा बनाउनका लागि बाध्य बनाउने गरी इजराइलमाथि अन्तर्राष्ट्रिय दबाब दिनुको सट्टा अन्तर्राष्ट्रिय समुदायको दबाब हमासविरुद्ध निर्देशित हुनुपर्छ, यसले बन्धकहरूको रिहाइलाई अगाडि बढाउने छ ।”

अप्रिल १ मा गाजामा भएको हवाई हमलामा अमेरिकास्थित खाद्य च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनका सात सहायताकर्मी मारिएपछि इजराइलले अन्तर्राष्ट्रिय आक्रोशको सामना गर्नुपरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेतान्याहुसँग टेलिफोनवार्तामा ‘तत्काल युद्धविराम’ को माग गर्दै इजराइललाई नागरिकहरूको हत्या कम गर्न तथा मानवीय स्थिति सुधार गर्न अमेरिकी समर्थनलाई सःशर्त बनाउने सङ्केत गरे ।

यसैबीच नेतान्याहुले ‘आफ्ना प्रतिनिधिहरूमार्फत’ इजराइलविरुद्ध धेरै हमलामा इरानको अप्रत्यक्ष हात रहेको आरोप लगाए । “जसले हामीलाई चोट पुर्याउँछ वा चोट पुर्याउने योजना बनाउँछ, हामी उसलाई चोट पुर्याउने छौँ, हामीले यो सिद्धान्तलाई प्रत्येक समय र हालका दिनमा व्यवहारमा ल्याएका छौँ”, उनले भने ।

इरानले सोमबार दमास्कसमा आफ्नो दूतावासको कन्सुलर खण्डमा हवाई हमलामा आफ्ना सात रिभोल्युसनरी गार्डको हत्याका लागि जवाफी कारबाही गर्ने वाचा गरेपछि गाजामा युद्ध फैलने आशङ्का तीव्र भएको छ । इरानका नेताहरूले जवाफी कारवाहीको वाचा गरेका छन् र लेबनानको इरान समर्थित हिजबुल्लाह आन्दोलनका नेता हसन नसरल्लाहले वाणिज्य दूतावासमा भएको हमलालाई ‘निर्णायक विन्दु’ भनेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : २९ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान