पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने « Khabarhub

पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट मंगलबार बिहान फर्किएलगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले  प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा पुगेर मंगलबार बिहान संवाद गरेका हुन् ।

आफू विदेश रहेका बेला जसपा विभाजित गरिएको भन्दै रुस्ट रहेका उनले प्रचण्डसँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । 

‘अहिले कोही पनि सरकारबाट बिदा हुने कुरा चलेन । पार्टी फुटबारे सामान्य छलफल भयो’, बालुवाटार स्रोतले भन्यो, ‘यादवजीले आजै संसदीय दलको बैठक राख्नुभएको छ । त्यसपछि केही भन्नुहोला ।’ 

स्रोतका अनुसार प्रधानमन्त्रीले पनि तत्कालै सरकारबाट  फिर्ता हुन नहुन सुझाएका छन् । उता अध्यक्ष यादवले पनि सरकारबाट निस्किने मनसाय नराखेको बालुवाटारस्थित स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रचण्ड र यादवबीच अमेरिकामा भएको सरकारी भ्रमणबारे मात्रै छलफल भएको छ। उनले खबरहबलाई भने, ‘भ्रमणबारे मात्रै कुरा भएको प्रधानमन्त्रीले बताउनु भएको छ । अरू कुरा त उहाँ सरकारको वरिष्ठ मन्त्री पनि हो ।’ 

यता जसपा प्रवक्ता मनिस सुमनका अनुसार प्रधानमन्त्री  र यादवबीच विकसित राजनीतिक परिस्थितिबारेमा पनि छलफल भएको छ । 

उनले भने, ‘जसपा नेपालमा देखिएको मनमुटाबबारे कुराकानी भएको छ । अरू खास केही छैन । अहिले दलको बैठक बालकुमारीमा हुन्छ । अनि सबै कुरा बाहिर आउला।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ३२ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको