विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत « Khabarhub

विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट (विकास नीति सहायता) शीर्षकमा नेपाललाई ८० मिलियन अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ । सो ऋण रकम पछिल्लो विनिमयदर बमोजिम करिब १० अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ ।

सोमबार बसेको बैंक कार्यकारी निर्देशक बोर्ड बैठकले सो ऋण सहायता प्रस्ताव स्वीकृत गरेको विश्व बैंकले जानकारी दिएको छ । स्वीकृत ऋण सहायता नेपालको वित्तीय क्षेत्र स्थिरतालाई थप बलियो बनाउन, वित्तीय समाधान विविधिकरण गर्न र वित्तीय पहुँच बढाउन खर्च हुने बैंकको दाबी छ ।

नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हडाड जर्भोसले स्वीकृत पछिल्लो सहायता परिचालनमार्फत नेपाललाई हरित, अनुकूल र समावेशी विकासमा सहयोग पुग्ने उल्लेख गरेका छन् । साथै उपयुक्त वातावरण तयार गरी नेपालको आर्थिक विकासमा निजी लगानी गर्न तथा सो मार्फत गरीब र जोखिममा परेका समुदायलाई फाइदा पुर्‍याउन पनि पछिल्लो ऋण सहयोग उपयोगी हुने उनले उल्लेख गरेका छन् ।

बैंकले ऋण सहायताबाट बैंकिङ र बीमा क्षेत्र थप बलियो हुने, प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा वित्तीय उत्पादन बढ्ने पनि जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ३२ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि