संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो « Khabarhub

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको मंगलबार बसेको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानले देशको पछिल्लो राजनीतिक अवस्था र आफूमाथि नेपाली कांग्रेसले संसद्‍मा गरिरहेको घेराबन्दीबारे सांसदहरूलाई ब्रिफिङ गरेका हुन् ।

ब्रिफिङका क्रममा सभापति लामिछानेले २०८० फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले आफूलाई घेराबन्दी गरेर सत्ता गठबन्धनमा संकट ल्याउन खोजेको बताएका छन् ।

‘कांग्रेसले अहिलेको सत्ता गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ’, उनले बैठकमा ब्रिफिङ गर्दै भने, ‘हामी अहिले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ । तर कांग्रेसले अस्थिरता ल्याउन खोजेको छ ।’
उनले पार्टीका तर्फबाट सरकारका रहेका मन्त्रीहरूले देश र जनतालाई केन्द्रमा राखेर त्यहीअनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने पनि बताएका छन् ।

लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई लखेटेर राजनीतिक अस्थिरता निम्त्याउन खोजेको निष्कर्ष सुनाउँदै यस कुरामा सबै सांसद र नेताहरूलाई सजग र सचेत हुन पनि भनेका छन् ।

रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसद्‍लाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष पनि निकालेको सह-प्रवक्ता मनिष झाले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ३९ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट