काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थकेयर सेन्टरमा स्वास्थ्य सम्बन्धी उपचारका लागि विशेष छुट दिने समझदारी भएको छ ।
स्वस्तिकको ताल्छिखेल, सातदोबाटो, ललितपुर केन्द्रमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी लगायतका स्वास्थ्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।
एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृशथापा र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारीमा हस्ताक्षर गरेका हुन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
स्वस्तिक हेल्थ केयर सेन्टरले छिट्टै आकस्मिक उपचार देखि सघन उपचारलगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिककालागि यस हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवामा १० देखि २५ प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ ।
हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपाल भर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर सञ्चालन गर्दै आएकाे छ ।
प्रतिक्रिया