आजका समाचार : उपेन्द्र सर्वाेच्च जानेदेखि सुनील पौडेललाई ९ वर्ष कैदसम्म | Khabarhub Khabarhub

आजका समाचार : उपेन्द्र सर्वाेच्च जानेदेखि सुनील पौडेललाई ९ वर्ष कैदसम्म


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ ।

विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उनको सजाय निर्धारण गर्दै ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुल गर्ने फैसला सुनाएको हो ।

वैशाख २८ गते प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने

वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने छलफल भएको छ ।

मंगलबार सभामुखले बोलाएको बैठकमा यस्तो छलफल भएको सभामुखको सचिवालयको भनाइ छ ।

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् ।

सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरुद्ध केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको बताएका छन् । उनले व्यक्ति विशेष संसदीय छानबिन समिति बनाउने कुरा असम्भव भएको दाबी गरे ।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, ‘ कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव छैन ।’

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले आज सिंहदरबारमा भेटी सो माग गरेका हुन् ।

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सरकारबाट दायाँबायाँ हुने कुनै योजना नरहेको स्पष्टीकरण दिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले दिए ।

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष दलका प्रमुख नेताहरूको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले कानुनी चुनौती दिने भएका छन् ।

मंगलबार दिनभर पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा रणनीति निर्माणमा जुटेका उनले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् ।

बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाउँछौँ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।

बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए । त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको उनको भनाइ थियो । ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्य र नीति एउटै हुन्छ’, उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ ।’

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री उप्रेतीले सुरक्षा बहु आयामिक र अन्तर निकाय सम्बन्धित भएको भन्दै सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायबीच समन्वय, साझा बुझाइ र अवधारणा हुनुपर्ने बताएका हुन्। अहिले मुलुकको राष्ट्रिय सुरक्षाको अवस्था केही कमजोर भएजस्तो देखिएको उनले बताए ।

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको मतविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा रिट दर्ता गरेको छ ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ ।

आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले, यसरी राखिएका बत्तीहरूले मानिसको पैदल वा सवारी यात्रामा कस्तो प्रभाव पार्छ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ? रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरूका ले रुखलाई असर पार्छ कि पार्दैन, पार्छ भने कस्तो असर पार्ला? विषयमा छलफल गर्दै सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।

अन्तर्राष्ट्रिय…

केजरीवालले अझै पाएनन् जमानत

भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ ।

सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो । साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

पाचौँ पटक राष्ट्रपतिको शपथ लिँदै पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाचौँ पटक राष्ट्रपतिको शपथ लिँदै छन् । मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा पुटिनले राष्ट्रपतिको शपथ लिने छन् । रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए ।

उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका थिए ।

खेलकुद…

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : ०३ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे