जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी « Khabarhub

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रूसद्वारा समन्वित षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिइएको बताएको छ ।

किएभका अनुसार युक्रेनी नेतालाई रूसले धेरै अवसरमा निशाना बनाएको छ । यसमा सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणको सुरुवात पनि समावेश छ ।

युक्रेनको सुरक्षा सेवाले रूसको सङ्घीय सुरक्षा सेवाद्वारा सञ्चालित एजेन्टहरूको एउटा नेटवर्कलाई पर्दाफास गरेको एक विज्ञप्तिमा लेखेको छ । उक्त नेटवर्कको उद्देश्य जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी राजनीतिक तथा सैन्य अधिकारीहरूको हत्या गर्नु रहेको थियो ।

“मस्कोबाट एफएसबीमार्फत गतिविधिहरूको निगरानी गरिएको नेटवर्कमा राज्य सुरक्षा विभागका दुई कर्नल संलग्न थिए, उनीहरूले रूसलाई गोप्य जानकारी चुहाइरहेका थिए”, एसबियुले भनेको छ ।

युक्रेनी नेतालाई बन्धक बनाएर हत्या गर्न सक्ने जेलेन्स्कीको सुरक्षा विस्तारका निकट व्यक्तिहरूको पहिचान गर्न रूसले काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेलेन्स्कीको हत्या गर्ने रूसी षड्यन्त्रमा सहयोग गरेको आशङ्कामा एक जनालाई हिरासतमा लिइएको पोलिस र युक्रेनी अभियोजकहरूले गत महिना घोषणा गरेका थिए ।

त्यस्तै किएभ बाहिर जेलेन्सीको गतिविधिको विवरण उजागर गरी हत्या गर्ने योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको एसबियुले गत अगस्टमा बताएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : ३५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका