आज २०८१ साल जेठ २५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २५ गते शुक्रबारको राशिफल


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २५ गते शुक्रबार तदनुसार सन् २०२४ जुन ७ तारिख। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। श्रमको सम्मान हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीको प्रभावले काम बन्नेछ। आफ्नो लागि भन्दा अरुलाई समय दिनुपर्ने देखिन्छ। खानपानमा लापरवाही गर्नाले स्वास्थ्य समस्या देखिनसक्छ। सामाज सेवको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। लगानीको उचित मूल्यांकन हुनेछ। श्रमको सम्मान हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुने देखिन्छ। परिवारको साथ मिल्नेछ। कुनै काम गर्नु अगाडि परिवारको सहमतिमा अगाडि बढ्नु राम्रो हुन्छ।

कर्कट : शनीले छोएको छ। मान्यजनको सेवा गर्नु फाइदाजनक हुनेछ। लगानीका क्षेत्रमा विवाद हुने जोखिम देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। गलत व्याख्या हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

सिंह : समय रमाइलो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। लगानीमा फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन रमाइलो छ। सबैतिर तपाईंको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। लगानी गरेको भए शिक्षामा ठुलो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले जस पाउने दिन छ। समाज सेवा गर्नुभएमा धेरैले तपाईंलाई सम्मान गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। शिक्षामा गरेको श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। परोपकारमा समय जाने दिन छ। सामाजिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ। परिवारको सहयोग रहनेछ।

वृश्चिक : संघर्ष गरेर अगाडि बढ्नुपर्ने दिन छ। एकपछि अर्को काम गर्ने अवसर प्राप्त भइरहेको हुन्छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम देखिन्छ।

धनु : समय राम्रो छ। आफन्तबाट सहयोग मिल्नेछ। लामो समय रोकिएका अधुरा काम बन्नेछन्। व्यापारमा उन्नति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : बन्धुको साथ मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारभित्र शंका बढ्ने जोखिम देखिन्छ।

कुम्भ : दिन सामान्य छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन आशान्त हुनेछ। तनाव बढ्ने देखिन्छ। शनि सकारात्मक भए सबै कुरा राम्रो हुनसक्छ।

मीन : तपाईंले गरेको श्रमको फाइदा अरुले लिने देखिन्छ। साथीबाट सचेत हुनुपर्ने दिन छ। न्यायपूर्वक गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ५ : १९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई