अर्कैसँग लागेको रिसमा छोडपत्र गरिसकेकी श्रीमतीको हत्या « Khabarhub

अर्कैसँग लागेको रिसमा छोडपत्र गरिसकेकी श्रीमतीको हत्या

शान्ति मिसनबाट फर्किएका अमल्दारले अर्का सेनालाई पनि खुकुरी हाने


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.9k
Shares
  • change font
  • change font
  • change font

दाङ – कानुनी रुपमा छोडपत्र गर्ने सहमति गरेको ११ दिनपछि नेपाली सेनाका एजकना अमलदारले श्रीमतीको हत्या गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ सुकौरा रोडमा ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकी खुकुरी प्रहार गरी शुक्रबार बिहान ८ बजे हत्या गरेका हुन् ।

गत जेठ १४ गते यी दुईजनाबीच छोडपत्रको सहमतिमा हस्ताक्षर भएको थियो । तर आर्थिक लेनदेन मिलाउन बाँकी थियो । त्यही लेनदेन मिलाउन भन्दै शालिकराम शुक्रबार बिहान टीकाको कोठामा पुगेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाका अनुसार टीकाको कोठामा बाँकी लेनदेन मिलाउन पुगेका शालिकरामले त्यहीँ झगडा झिकेका थिए । झगडा परेपछि टीका ज्यान जोगाउन भागेर छिमेकीको कौसीमा चढेकी थिइन् ।

भर्खरै शान्ति सेनाबाट आएका शालिकरामले छिमेकीको त्यही कौसीमा चढेर टीकामाथि खुकुरी बर्साएका थिए ।

प्रहरीका अनुसार शालिकराम शान्तिसेनामा गएपछि टीका नेपाली सेनाकै अर्का जवानसँगको उठबसमा थिइन् । त्यहीकारण शालिकराम र टीकाबीच जेठ १४ गते छोडपत्र भएर अलग्गिएका थिए ।

तर, शान्ति सेनाबाट आउँदा श्रीमती अर्कैसँग लागेको पाइएपछि शालिकराम आक्रोशित थिए । छोडपत्र गरे पनि उनी टीकासँग बदला लिने योजनामा थिए । शान्तिसेनाबाट आउँदा श्रीमती अर्कैसँग लागेको थाहा पाएपछि शालिकरामले छोडपत्र गरेर पनि ज्यान लिएको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताए ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएर ढलेकी टीकालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। तर उनले बिहान ९ बजे दम तोडिन् ।

छोडपत्र गरिसकेकी श्रीमतीको ज्यान लिएका शालिकरामलाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ ।

शालिकराम सल्यानको कपुरकोट-६ निवासी हुन् । उनी अहिले सेनाको ज्वालदल गण बारामा कार्यरत थिए ।

शालिकरामकी श्रीमती टीका पछिल्लो समय नेपाली सेनाकै अर्का जवान आर्यन थापासँगको सम्बन्धमा थिइन् । टीका र आर्यन सँगै बस्ने गरेको पनि खुलेको छ । टीकासँगको सम्बन्धमा रहेका आर्यनलाई पनि शालिकरामले खुकुरी हानेका छन् ।

खुकुरी प्रहारबाट थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार हुँदै छ ।

शालिकराम र टीकाबीच छोडपत्र भएपछि आर्यन बिहेको तयारीमा थिए । टीकासँग आफू सँगै बस्दै आएको बयान पनि आर्यनले प्रहरीलाई दिएका छन् ।

अछाम घर भएका आर्यन नेपाली सेनाको तुलसीपुरस्थित १९ नम्बर बाहिनीका सिपाही हुन् । आफ्नी श्रीमती अरुसँग लागेको देखिसकेपछि शालिकराम तनावमा थिए । प्रहरीका अनुसार यो घटनाको मुख्य कारण यही हो ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : ०५ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर