सरकार बनाउन मोदीलाई राष्ट्रपतिको निम्तो, आइतबार साँझ प्रधानमन्त्रीको शपथ लिने « Khabarhub

सरकार बनाउन मोदीलाई राष्ट्रपतिको निम्तो, आइतबार साँझ प्रधानमन्त्रीको शपथ लिने


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) बाट बहुमत जुटाएपछि राष्ट्रपति द्रौपती मुर्मुले नरेन्द्र मोदीलाई सरकार गठनका लागि निम्तो दिएकी छन् ।

शुक्रबार एनडीए गठबन्धनबाट प्रधानमन्त्री पदका लागि सर्वसम्मत भएपछि मोदीलाई राष्ट्रपतिले नयाँ सरकार गठनको निम्तो दिएकी हुन् ।

राष्ट्रपतिबाट सरकार गठनका लागि बोलावट भएपछि मोदीले सञ्चारमाध्यमलाई सम्बोधन गरेका छन् ।

यस क्रममा उनले १८ औँ लोकसभा एक प्रकारले नयाँ ऊर्जा, युवा ऊर्जा र केही गरेर देखाउने गरी आएको बताए । आजादीको अमृत महोत्सवपछि यो पहिलो लोकसभा चुनाव हो ।

मोदीले २०४७ सालमा देशले स्वतन्त्रताको १०० औँ वर्षगाँठ मनाउनुअघिसम्म भारतबासीको संकल्प पूरा गर्न आफूहरूसँग स्वर्णिम अवसर आएको पनि बताए ।

उनले देशवासीले एनडीएलाई एक पटक फेरि सेवा गर्ने मौका दिएको बताउँदै यसका लागि आभार व्यक्त गरे ।

उनले जुन गतिले देश अघि बढिरहेको छ त्यसले समाजका हर क्षेत्रमा परिवर्तन प्रष्ट देखिएको उल्लेख गरे।

२५ करोड जनता गरिबीबाट बाहिर आउनु भारतका लागि गर्वको विषय भएको उनले बताए ।

मोदीले १८ औँ लोकसभामा पनि उही पुरानै गति र समर्पण भावसहित देशको आशा-आकांक्षालाई पूर्ण गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

मोदीले एनडीएको बैठकमा सबै घटक दलले आफूलाई नेता चुनेको बताए । सबै दलले राष्ट्रपतिलाई समर्थनबारेमा जानकारी दिएको पनि उनले खुलाए । त्यसपछि राष्ट्रपतिले सरकार बनाउन आफूलाई डाकेको मोदीले बताए ।

त्यसपछि मोदीलाई आइतबार साँझ हुने शपथबारे पनि राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । शपथ ग्रहणको विस्तृत कार्यक्रम राष्ट्रपति भवनबाट जारी हुनेछ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ७ : ३९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा