आज २०८१ साल असार २३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २३ गते आइतबारको राशिफल


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई ७ तारिख। असार शुक्ल पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : प्रतिभाको सम्मान हुनेछ। सहयोगी धेरै छन्। जिम्मेवारी बढ्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथले दिन रमाइलो हुनेछ।

मिथुन : दीर्घकालीन योजना बनाउने दिन छ। तपाईंले खराब सोचेका साथीलेसमेत सहयोग गर्नेछन्। महत्त्वकांक्षी साथीसँग सचेत बन्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा आँट गरेमा सफलता मिल्नेछ। परिवारसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो होला।

कर्कट : मन शान्त हुनेछ। नयाँ काम र संगतले हौसला मिल्नेछ। रोकिएर रहेका काम सुरु हुनेछन्। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा बुझाबुझ नहुँदा खटपटी हुनसक्छ।

सिंह : सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा बौद्धिक छलफल हुनेछ। जसले दिन उत्साहपूर्ण बनाउने छ।

कन्या : प्रेम सम्बन्धमा सफलता मिल्नेछ। साथीसँगको भेटले खुशी मिल्नेछ। थालेको काममा सन्तोष मिल्नेछ। बिर्सने बानीले महत्तवपूर्ण काम छुट्नेछ। परिवारसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ।

तुला : चुनौतीको सामना गर्नुपर्ने दिन छ । मनमा नकारात्मक सोचको विकास हुनेछ। काम नबन्ने जोखिम हुन्छ। आफन्तबाट असहयोग हुने देखिन्छ। आफ्नो कामका लागि संघर्ष गर्नु महत्त्वपूर्ण हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन रमाइलो छ। नसोचेका व्यक्तिसँग कार्यगत एकता हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। धेरै समय रोकिएका काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ।

धनु : ठुलो काम गर्नु अगाडि बुद्धिको प्रयोग गर्नुपर्ने देखिन्छ। नयाँनयाँ सोचले साथीको साथ र सहयोग प्राप्त हुनेछ। भुलेर पनि उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेशमै गरेको लगानीबाट नाफ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : अशुभ समाचारले दुःखी बन्नुपर्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

कुम्भ : खराब मानिससँग संगत हुनसक्छ। आरोपको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको झुकाब रहने देखिन्छ।

मीन : मनमा चिन्ता बढ्नेछ। नजिकका व्यक्तिसँग मनमुटाब हुनेछ। बोलीमा सुधार गर्नु राम्रो हुन्छ। एकल प्रयासले अगाडि बढाएको क्षेत्रबाट आम्दानी बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : १६ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा