आज २०८१ साल असार २३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २३ गते आइतबारको राशिफल


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई ७ तारिख। असार शुक्ल पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : प्रतिभाको सम्मान हुनेछ। सहयोगी धेरै छन्। जिम्मेवारी बढ्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथले दिन रमाइलो हुनेछ।

मिथुन : दीर्घकालीन योजना बनाउने दिन छ। तपाईंले खराब सोचेका साथीलेसमेत सहयोग गर्नेछन्। महत्त्वकांक्षी साथीसँग सचेत बन्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा आँट गरेमा सफलता मिल्नेछ। परिवारसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो होला।

कर्कट : मन शान्त हुनेछ। नयाँ काम र संगतले हौसला मिल्नेछ। रोकिएर रहेका काम सुरु हुनेछन्। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा बुझाबुझ नहुँदा खटपटी हुनसक्छ।

सिंह : सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा बौद्धिक छलफल हुनेछ। जसले दिन उत्साहपूर्ण बनाउने छ।

कन्या : प्रेम सम्बन्धमा सफलता मिल्नेछ। साथीसँगको भेटले खुशी मिल्नेछ। थालेको काममा सन्तोष मिल्नेछ। बिर्सने बानीले महत्तवपूर्ण काम छुट्नेछ। परिवारसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ।

तुला : चुनौतीको सामना गर्नुपर्ने दिन छ । मनमा नकारात्मक सोचको विकास हुनेछ। काम नबन्ने जोखिम हुन्छ। आफन्तबाट असहयोग हुने देखिन्छ। आफ्नो कामका लागि संघर्ष गर्नु महत्त्वपूर्ण हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन रमाइलो छ। नसोचेका व्यक्तिसँग कार्यगत एकता हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। धेरै समय रोकिएका काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ।

धनु : ठुलो काम गर्नु अगाडि बुद्धिको प्रयोग गर्नुपर्ने देखिन्छ। नयाँनयाँ सोचले साथीको साथ र सहयोग प्राप्त हुनेछ। भुलेर पनि उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेशमै गरेको लगानीबाट नाफ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : अशुभ समाचारले दुःखी बन्नुपर्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

कुम्भ : खराब मानिससँग संगत हुनसक्छ। आरोपको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको झुकाब रहने देखिन्छ।

मीन : मनमा चिन्ता बढ्नेछ। नजिकका व्यक्तिसँग मनमुटाब हुनेछ। बोलीमा सुधार गर्नु राम्रो हुन्छ। एकल प्रयासले अगाडि बढाएको क्षेत्रबाट आम्दानी बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : १६ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका