युरोकप : सेमिफाइनल समीकरण पूरा « Khabarhub

युरोकप : सेमिफाइनल समीकरण पूरा


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ ।

आज बिहान नेदरल्याण्ड्स र टर्कीबीचको क्वार्टरफाइनल खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको हो ।

२४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।

क्वार्टरफाइनलमा स्पेनले आयोजक जर्मनी, फ्रान्सले पोर्चुगल, इंग्ल्याण्डले स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड्सले टर्कीलाई हराएर सेमिफाइनलमा पुगेका हुन् ।

अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्ड्स भिड्ने छन् । युरोकप सेमिफाइनलका खेल जुलाई १० र ११ तथा फाइनल खेल जुलाई १५ मा हुनेछ ।

सेमिफाइनल र फाइनलका खेल नेपाली समय अनुसार राती पौने १ बजे सुरु हुने छन् ।
 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : २६ बजे

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु