गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए « Khabarhub

 गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै (३६ वटै) ढोका खोलिएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् ।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए ।

गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनको भनाइ छ ।

आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताए ।

नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक  थियो । त्यसपछि निरन्तर पानीको बहाव बढ्दो क्रममा छ ।

गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिए ।

गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएका कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ ।  

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ३६ बजे

आजको मौसम पूर्वानुमान: तराईमा हुस्सुको समस्या अझै कायम

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ